१४ बैशाख । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा उमेदवारहरुले चुनावी प्रसार प्रचारलाई तिव्र पारेका छन् । सोहि अनुरुप नेकपा एमालेको तर्फबाट तुलसीपुर ४ का उमेदवारहरुले
चुनावी प्रचारप्रसार अन्र्तगत घरदैलो अभियानलाई तिव्र
पारेका छन् ।
उनीहरुले उपमहानगरकै विकट बस्तीका रुपमा परिचित तुलसीपुर ४ खुमखानीबाट घरदैलो अभियान सुभारम्भ गरेका छन् । त्यहाका स्थानियहरुले उमेदवारहरु संग सबैभन्दा पहिले सडकबाटो विस्ता गरीदिन माग गरेका छन् ।
सडकबाटो नहुदा स्थानियले धेरै सास्ती पाएको भन्दै उनीहरुले सडकबाटो विस्तार, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका विकासको माग गरेका छन् । सो अवसरमा वडा अध्यक्ष पदका उमेदवार बालकृष्ण राना (धुव्र)ले अबको पहिलो प्राथमिकता खुमखानी सम्म सडकबाटो विस्तार गर्ने प्रतिबद्धता जनाएका छन ।
एक कार्यकाल वडा अध्यक्ष भईसक्नु भएका रानाले आफनो कार्यकाल भित्र खुमखानी सडक बाटोको लागी धेरै प्रयास गरेको बताए। सडक बाटो विस्तार गर्ने लक्ष्य राखे पनि विभिन्न समस्याका कारण सफल हुन
नसकेपनि सडकबाटो विस्तारको केहि काम सुरुवात गरेको
उनले बताए । विशेषगरी खुमखानी सडकका लागी धेरै क्षेत्रफलमा सामुदायिक वन पर्ने भएकाले सबैभन्दा ठुलो समस्या भएको उनले बताए । स्थानियलाई विश्वस्त दिलाउदै उहाले विगतमा पटकपटक बजेट विनियोजन गरी खुमखानी सम्म सडक विस्तार गर्न नसकेपनि सुरुवात
गरेको बताए ।
सुरुमा वडाबाट दश लाख, प्रदेश सरकारबाट ३० लाख र प्रधानमन्त्री स्वरोजगार तर्फको ५ लाख बजेट विनियोजन गरी कामको सुरुवात गरेको उनले बताए । उक्त बजेट मार्फत बातावरणीय प्रभाव मुल्याङकन ( आईईई) प्रतिवेदन तयार भई तुलसीपुर १९ को सुंगुरखोला सम्म सडक विस्तारको काम सुरुवात भएको उनले बताएका छन ।
अब फेरी आफु निर्वाचित भईसकेपछि सडक विस्तारले
पुर्णता पाउने उनको भनाई छ । कानुनी प्रक्रिया पुरा भएकाले अब सडक निर्माण गर्न कुनै समस्या नभएको उनले बताए । यस्तैगरी घरदैलो कार्यक्रम दर्देनी, पत्र्रेनी, बायखोला, माथिल्लो हलवार, तल्लो हलवारमा पनि गरिएको छ । घरदैलो अभियानका क्रममा उमेदवारहरुले बाँकी रहेका विकास निर्माणका कामलाई पुर्णता दिने बताएका छन् ।
२०७४ सालको स्थानिय तहको निर्वाचन पछि आफुले वडामा सडक,शिक्षा,स्वास्थ्य, खानेपानी, सिंचाई, विद्युत, खरको छानो विस्थापित,कृषि,खेलकुद लगाएत सामाजिक उत्तरदार्यीत्व बहन पुरा गरेको र अधुरा रहेका कामलाई फेरी पुर्ण दिने उमेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।
वडा कमिटि अध्यक्ष तथा चुनाव परिचालन कमिटिका संयोजक
घन बहादुर पुनको नेतृत्वमा घरदैलो अभियान सुरु गरिएको छ ।
प्रतिक्रिया