समाचार

तातो र सुख्खा हावाका कारण देशभर गर्मी, भोलि केही शीतल हुने अनुमान



काठमाण्डाै – केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो हावा र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बद्ली भएर बेलुकीपख केही शीतल भए पनि तराईका जिल्लामा मौसम बद्ली नहुँदा जनजीवन बढी प्रभावित बनेको छ ।

तराईका धेरैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । गएको २४ घण्टामा धनगढीको अधिकतम तापक्रम ४० दशमलव ८ डिग्री सेल्सियस, नेपालगञ्ज र भैरहवाकोे ४० दशमलव ६ डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनगरको ३७ दशमलव २ डिग्री सेल्सियस, घोराहीको ३७ डिग्री सेल्सियस, सिमराको ३६ दशमलव ४ डिग्री सेल्सियस, दीपायलको ३६ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । गर्मीसँगै तातो हावा चल्न थालेकाले सकेसम्म दिउँसोको समयमा घर बाहिर ननिस्कन र खेतबारीको काम बिहान बेलुका मात्रै गर्न सरकारले आग्रह गरिसकेको छ । गर्मीको यो समयमा प्रशस्त शुद्ध पानी पिउन र पानी पाइने फलफूल खान पनि सुझाव दिइएको छ । यसैबीच,  केही दिन यता बढेको गर्मी भोलि भने केही कम हुनसक्ने अनुमान गरिएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार भोलि पूर्वी क्षेत्रबाट जलवाष्पयुक्त हावा नेपाल आउने सम्भावना रहेकाले पहाडीसहित तराईमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ ।  केही ठाउँमा हल्का  पानी समेत पर्ने सम्भावना रहेकाले केही राहत मिल्ने मौसमविद्ले बताएका छन् । 

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६