नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाको मेयरका प्रत्यासी चक्रपाणी अर्यालले समग्र बाणगंगा नगरपालिकाको समृद्धिका लागि एमालेलाई हार्ने छुट नभएको बताउनु भएको छ । मेयरका प्रत्यासी अर्यालले नेकपा (एमाले) बाणगंगाको निर्वाचन परिचालन समितिको वैठकलाई बुधबार जितपुरमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
अर्यालले बाणगंगा नगरपालिकालाई जिल्ला, प्रदेश र केन्द्रले निकै महत्वका साथ हेर्ने गरेको चर्चा गर्दै विगतमा आफ्नो पार्टीले पराजय भोग्नु पर्दाको पिडाबाट पार्टीले शिक्षा लिने बताउनु भयो । त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले जनताका पिरमर्का बुझेर आफुले कार्य सम्पादन गर्ने बताउनु भयो ।
वैठकमा एमाले केन्द्रिय सल्लाहकार मुना ज्ञवाली, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतले बोल्दै समुन्नत बाणगंगा निर्माणको जिम्मेवारी एमालेले पुरा गर्ने दावी गर्नु भयो ।
भेलाले एमाले जिल्ला उपाध्यक्ष एवम् संविधान सभा सदस्य विश्राम प्रसाद थारुको संयोजकत्वमा निर्वाचन परिचालन समिति, १९ सदस्यि सचिवालय र १३ वटा विषयगत उपसमिति निर्माण गरेको एमाले जिल्ला सचिवालय सदस्य एवम् बाणगंगा नगर इन्चार्ज शंकर पाण्डेले जानकारी दिनु भयो ।
एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुको अध्यक्षता, एमाले वाणगंगा नगर सचिव विष्णु गिरीको संचालनमा सम्पन्न कार्यक्रममा एमाले नेताहरु विष्णु भण्डारी, धर्मराज भुसाल, द्रोणराज सुवेदी, विश्व कार्की, भेषराज पाण्डे लगायतका नेताहरुको आतिथ्यता रहेको भेलामा जिल्ला तथा नगर तहका नेता, नगरका उम्मेद्वार, पार्टी कार्यकर्ताहरुको उपस्थिती रहेको एमाले बाणगंगा नगर कमिटी अध्यक्ष एवम् वडा नं. ५ का वडा अध्यक्षका उम्मेद्वार यूवराज पोख्रेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया