जीवनशैली

वाइडबडी जहाज भैरहवाको रनवेमै अड्कियो, पार्किङमा ल्याउने प्रयास चल्दै



काठमाण्डाै – परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवेमै अड्किएको छ ।

जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो । ‘एक ठाउँबाट मोड्नुपर्नेमा पाइलटले अर्कै ठाउँबाट मोड्नु भएछ, मोड पुगेन र जहाज अड्किएको छ ’ दाहालले उज्यालोलाई भन्नुभयो ।

२० मिनेटदेखि अड्किएको जहाजलाई निकाल्ने प्रयास भइरहेको छ । परीक्षण उडानको लागि २ सय ६० जना यात्रु बोकेर जहाज भैरहवा गएको थियो ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६