अन्तर्राष्ट्रिय

युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्न अमेरिकी राष्ट्रपति बाइडेनको प्रस्ताव



अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलर सहायता उपलब्ध गराउन संसद् समक्ष प्रस्ताव पेस गर्नुभएको छ ।

बाइडेनले रुसको आक्रमणबाट गम्भीर सङ्कटमा परेको युक्रेनको सैन्य र मानवीय क्षमता बढाउनको लागि ३३ अर्ब डलर अर्थात ४० खर्ब ३३ रुपैयाँ सहयोगको प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

यसमध्ये २० अर्ब डलर सैन्य सहायता आठ अर्ब आर्थिक सहायता र बाँकी मानवीय सहायताको लागि उपलब्ध गराउन बाइडेनले प्रस्ताव गरेको खबरमा उल्लेख छ । युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नको लागि अमेरिकी सांसदहरुले सहायता प्रस्ताव पारित गर्नुपर्ने बाइडेनले बताउनुभएको छ ।

अमेरिकाले यो सहायता पारित नगरेमा रुस थप आक्रामक हुने र अरु देशलाई पनि गाह्रो हुँदै जाने बाइडेनको भनाइ छ । युक्रेनलाई सहयोग गर्नुको अर्थ रुसलाई आक्रमण गरेको नठहरिने बरु युक्रेनलाई आत्मरक्षाको लागि सहयोग पुग्ने बाइडेनले बताउनुभएको छ । तर रुसले भने युरोपेली देश र अमेरिकाले युक्रेनमा बढाउँदै लगेको आर्थिक र सैन्य सहायता रुसको लागि जोखिमपूर्ण रहेको भन्दै उचित जवाफ फर्काउने चेतावनी दिएको छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६