प्रदेश

चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु



चितवन, १८ वैशाख। चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा आज विहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो ।

घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यसअघि यही वैशाख १६ गते चितवनमै बाघको आक्रमणबाट एकजना माहुतेको पनि मृत्यु भएको थियो । १६ गते करिब साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी माहुते बाराको कोल्बी नगरपालिका–१ घर भएका करिब २२ वर्षीय रमेश चौधरी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६