प्रदेश

बाणगंगा ८ मा एमालेको घरदैलो, मतदाताले भने युवाले वडाको मुहार फेर्नु पर्छ




कपिलवस्तु, १८ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.८ मा नेकपा एमालेले मतदाता भेटघाट, प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिइएको हो । सोहि क्रममा मतदाताले जितको शुभकामना ब्यक्त गर्दौ युवाले वडा देखि देशको मुहार फेर्न जरुरी रहेको बताएका छन् । एमालेको तर्फबाट नगरमै कान्छो वडा नं. ८ का वडाध्यक्षका उम्मेद्वार बाबुराम अर्याल, महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि ५ जनाको सक्रिय टिमले मोर्मी टोल क्षेत्रमा मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेको छ ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरे, जिल्ला ईन्चार्ज बलराम अधिकारी, प्रदेश कमिटि सदस्य गुणानिधि भुसाल, भोजराज थारु, निर्वाचन परिचालन कमिटि वडाका संयोजक तथा पार्टीका वडा ईन्चार्ज टुकलाल गैरे, अनेरास्ववियुका जिल्ला अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

एक बिहानै हरेक घरघरमा गई समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गर्दै भोट हाल्न आह्वान गरिएको थियो । विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गरेका र दशकौ देखि राजनितिमा होमिनुभएका युवा लोकप्रिय नेता बाबुराम अर्याललाई वडाध्यक्ष पदको उम्मेद्वार बनाएसंगै वडावासी तथा युवावर्ग खुसी भएका छन् । एमालेले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६