प्रदेश

स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न विप्लवको आग्रह



काठमाडौं, १८ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका हुन् ।

विप्लवले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेका हुन् । स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति भएको भन्दै स्थानीय तहको चुनावमा उम्मेदवारहरुलाई चुनावमा मतदान गर्न अपिल गरेको छ ।

आगामी बैशाख ३० गते हुने चुनावमा पुतली चिन्ह लिएर उम्मेदवार भएका साथै अन्य स्थानमा अन्य चिन्ह लठ्ठी, धराहरा लिई उठेका जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्ने नीति लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६