प्रदेश

सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट ३ जना घाइते, वडाध्यक्षका उम्मेदवार पक्राउ



सिन्धुपाल्चोक, १८ वैशाख ।
सिन्धुपाल्चोकमा खुकरी प्रहार गरेको आरोपमा वडाध्यक्षका एक उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका ७ मा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका सुके तामाङलाई पक्राउ गरेको र खुकरी प्रहारमा संलग्न देवराज गुरुङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । खुकरी प्रहारबाट घाइते भएका माओवादी केन्द्र निकट वाईसीएल नेपाल अन्तर्गत प्रचार प्रसार समितिका सदस्यहरू जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई उपचारका लागि काठमाण्डौको न्युरो अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । विज्ञप्तिमा आक्रमणकारीले वाईसीएलका कार्यकर्ताले प्रयोग गरेको मोटरसाइकलसमेत पूर्णरूपमा नष्ट बनाएको पनि उल्लेख छ । यसैबीच न्युरो अस्पतालमा उपचार गराइरहेका घाइतेहरूलाई भेट्न पूर्व सामाजिक विकास मन्त्री, वागम्ती प्रदेश सांसद युवराज दुलाल ‘शरद’ पुग्नुभएको छ । सीटी स्क्यान गरेर मात्र घाइतेहरूको अवस्थाको बारेमा भन्न सकिने डाक्टरले आफूलाई बताएका दुलालले बताउनुभयो ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६