कपिलवस्तु, वैशाख १८
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगा नगरपालिका मजदुर मैत्री ब्यवहार र मजदुरको जनजीविका प्रति जवाफदेही बन्दै आफुले कार्य सम्पादन गर्ने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. १ को घरदैलौ अभियानका क्रममा मजदुरहरुका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अर्यालले विभिन्न क्षेत्रमा कार्यरत मजदुरको जीविको पार्जनमा सहयोग पु¥याउन मजदुरका लागि मेयर कार्यक्रम संचालन गर्ने बताउनु भयो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले आफु जनताका समस्या प्रति जानकार रहेको बताउदै आफु जनताको सेवक भएर कार्य सम्पादन गर्ने बताउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. १ का अध्यक्षका प्रत्यासी अमित पौडेलले नगरको मुटुमा रहेको वडा नं. १ भौतिक पूर्वाधारका हिसावले निकै पछी परेको चर्चा गर्दै वडाको समग्र विकासमा आफुले स्पष्ट योजनाका साथ योगदान गर्ने बताउनु भयो । संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे.लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. १ को निर्वाचन परिचान कमिटीले जनाएको छ ।
१८ बैशाख २०७९, आइतबार
प्रतिक्रिया