कैलाली – कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेकाे तुल्सीपुर सामुदायिक वनमा दुई जना मृत अवस्थामा भेटिएका छन् । आज आइतवार तुल्सीपुर सामुदायिक वनमा दुई जना मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेका बताउनुभयो ।
जोशीले दोस्रो विवाह गरेर गएकाे चैतमा बझाङबाट कैलाली आएका जनाइएको छ । प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन् । अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका ५ मा आफ्ना आफन्तको घर बसेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया