प्रदेश

स्वचालित पेसी प्रणाली लागू गर्ने सर्वोच्चको तयारी



काठमाडौँ ।

सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो । समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले स्वचालित प्रणालीको तयारी र जनशक्तिको तालिमलगायतका विषयमा सरकारसँग बजेट माग भएको बताउनुभयो । आइतबार बसेको सर्वोच्चको पूर्ण बैठक ९फुलकोर्ट०ले बजेट माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । स्वचालित पेसी प्रणालीमा मुद्दाका सम्पूर्ण जानकारी सफ्टवेयरमा अपलोड हुनेछ । सफ्टवेयरले नै मुद्दाको विश्लेषणसमेत गर्नेछ । यसरी गरिएको विश्लेषणका आधारमा हालको पेसी व्यवस्थापनजस्तै मुद्दाको वर्गीकरणसमेत हुनेछ । इजलासको क्षमता सङ्ख्या, न्यायाधीशको नाम सबै सफ्टवेयरमा अपलोड हुनेछ । कुन न्यायाधीशले कुन मुद्दा हेर्न नमिल्नेलगायतका जानकारी पनि सफ्टवेयरमै राखिनेछ । जसले हेर्न नमिल्ने न्यायाधीशको इजलासमा मुद्दा जाने सम्भावना हुँदैन ।

सूचना प्रविधिमा आधारित वैज्ञानिक पेसी व्यवस्थापनका लागि समितिले उक्त सुझाव दिएको थियो । स्वचालित पेसी प्रणालीको पूर्ण कार्यविधि भने तय भएको छैन । गोला प्रणाली लागू नहुँदासम्म जिल्ला तहमा सुरुदेखि अन्त्यसम्म एउटै न्यायाधीशले मुद्दा हेर्ने अभ्यास थियो । सर्वोच्चमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशले पेसी तोक्ने प्रचलन थियो । अहिले हेर्दाहेर्दैमा रहेका, निसु चरणमा रहेकाबाहेकका इजलास गठन गोला प्रणालीबाट हुने गरेको छ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६