प्रदेश

गत पाँच बर्षमा एमालेको मेयर नहुदाँ महत्त्वपूर्ण निर्णय लिन सकेनौंः अर्याल




कपिलवस्तु, १९ वैशाख ।
नेकपा एमाले बाणगङ्गा नगर मेयरका उम्मेद्वार चक्रपाणि अर्याल ले गत पाँच बर्षमा नगर प्रमुख एमालेको नहुदा बिकास निर्माण का महत्त्वपूर्ण निर्णय लिन नसकेको बताउनु भएको छ । स्थानिय चुनाव को प्रचार प्रसार गर्ने कार्यक्रममा आज बाणगङ्गा ९ चौवामा भएको स्थानिय भेटघाट तथा कोणसभा कार्यक्रममा उम्मेद्वार अर्याल ले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै अर्याल ले भन्नुभयो ” गत कार्यकालमा नगर प्रमुखमा हामि झिनो भोट अन्तरले हार्यौ, त्यहि कमजोरिकै कारण नगरका महत्त्वपूर्ण बिकास निर्माणका निर्णयमा हामिले निर्णय लिन सकिएन । हामिले गरेका बिकासका महत्त्वपूर्ण निर्णय खारेज गर्ने सम्मका काम पनि भए ।” उहाँले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उपमेयकि उम्मेद्वार रिता थारुले महिलाका, बालबालिका तथा पिछाडिएका बर्गको समस्या समधान गर्न सुर्यमा भोट हाल्नुपर्ने बताउनु भएको छ । बाणगङ्गामा बेलाबेलामा बलात्कार लगायत विभिन्न समस्या देखिएको हुदा त्यस्ता समस्या समधान गर्न पनि सुर्यमा नै भोट दिएर एमालेका उम्मेद्वार लाई जिताउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै ९ का वडा अध्यक्षका उम्मेद्वार कमल पौडेलले चुनाव जित्ने पक्का भएको र आफ्नो कार्यकालमा ९ नम्बर वडा लाई बाणगङ्गा कै नमुना वडा बनएर देखाउने बताउनुअ भयो ।

नेकपा एमाले प्रदेश सदस्य जन्जिर प्रसाद थारु, एमाले बाणगङ्गा नगर उपप्रमुख उम्मेद्वार रिता थारु, वडा नम्बर ९ अध्यक्ष का उम्मेद्वार कमल पौडेल सदस्यहरु केसरा गुरुङ,बसन्ति गायन, भिम बहाउदुर पुन, नुमलाल थारु लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६