प्रदेश

सुत्केरी र जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवाः वडा अध्यक्षका प्रत्यासी चौधरी




कपिलवस्तु, वैशाख १९
नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्षका प्रत्यासी सुकदेव चौधरीले वडाकै श्रोतबाट सुत्केरी महिला र जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा ब्यवस्था गर्ने बताउनु भएको छ । वडा अध्यक्षका प्रत्यासी सुकदेव चौधरीले वडाको शैलहवा, मनोहरापुर, लगायतका बस्तीको घरदैलो अभियानका क्रममा यस्तो धारणा राख्नु भएको हो । अध्यक्षका प्रत्यासी चौधरीले वडामा रहेका सुकुम्वासी, विपन्न, र दलितका लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा वडाले विशेष प्योकेज लागु गर्ने प्रतिवद्धता जनाउनु भयो । चौधरीले विगतमा आफुले जनताबाट थुप्रै अनुभव, सिकाई हासिल गरेको चर्चा गर्दै विगतका सिकाई र अनुभवबाट वडा बासीलाई सहज रुपमा अधिकतम सेवा प्रदान गर्दै नमुना वडाको रुपमा विकास गर्ने दावि गर्नु भयो ।
वडा स्तरको घरदैलो अभियानमा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य ठाकुर प्रसाद पोख्रेल , एमाले नेताहरु लेम बहादुर गुङ्ग, चुरामणी आचार्य, प्रकाश भुसाल, वडा अध्यक्ष नुमनारायण उपाध्याय, अंजित खनाल वडा सदस्यका उम्मेद्वार रण बहादुर काउचा, कृष्ण पौडेल, मिना परियार, शान्ता खनाल लगायतका स्थानियत तहका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, उम्मेद्वार संगै संयौको संख्यामा उत्साहजनक सहभागिता रहेको वडा नं. ६ का वडा सचिव देवी पाख्रेलले बताउनु भयो ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६