प्रदेश

केशव स्थापतिलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



काठमाण्डौ, १९ वैशाख ।

नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ । काठमाण्डौको एक कलेजसहित विभिन्न ठाउँमा स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । ‘स्थापितलाई तपाईँले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो’, अर्यालले भन्नुभयो ।

आयोगले स्थापितसँगै महिला पुनर्स्थापना केन्द्र (ओरेक) सहित ४५ वटा संस्था र नेशनल कलेजलाई पनि स्पष्टीकरण सोधेको छ । ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको उहाँले बताउनुभयो ।

नेशनल कलेजमा आयोजित चुनावी कार्यक्रमा आफूलाई लागेको मीटू आरोपबारे प्रश्न गरिएपछि स्थापित प्रश्नकर्तामाथि खनिनुभएको थियो । त्यसपछि पनि उहाँले आफ्ना प्रतिस्पर्धी बालेन शाहमाथि अभिव्यक्ति दिएकोबारे पनि निकै आलोचना भएको थियो । ओरेकले भने नेशनल कलेजमा स्थापितले दिएको अभिव्यक्ति महिला हिंसालाई प्रसय दिने खालको भएको भन्दै विज्ञप्ति निकालेको थियो ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६