प्रदेश

कपिलवस्तुमा ५ सय २५ पदमा ३ हजार ५ सय ५२ जनाको उम्मेदवारी




कपिलवस्तु, १९ वैशाख ।
कपिलवस्तुमा आसन्न स्थानीय तहको निर्वाचनमा ५ सय २६ पदका लागि ३५ सय बढीको उम्मेदवारी परेको छ । १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष, वडा सदस्य महिला र दलीत सदस्य गरी कुल ५ सय २५ पदमा ३ हजार ५५२ उम्मेदवारी परेको हो।

उम्मेदवारी परेकामध्ये १४ जनाको खारेज भएको र ४५ जनाले फिर्ता लिएका थिए। ६ वटा नगरपालिकाको प्रमुखका लागि ६ जनाको, उपप्रमुखमा ६५, ४ वटा गाउँपालिका अध्यक्षका लागि ६५ र उपाध्यक्षका लागि ४९ जनाको उम्मेदवारी परको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ९६ वडाध्यक्षका लागि ८ सय ८ जनाको, १ सय ९२ वडा सदस्यका लागि १ हजार ३१२, ९६ महिला सदस्यमा ६ सय ३, दलित महिला सदस्यमा ५ सय ६४ जनाको उम्मेदवारी परेको छ।

निर्वाचनपछि २६ जना दलित र अल्पसंख्यक सदस्य मनोनित हुनेछन् । सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा ६ सय ३१, शिवराज नगरपालिकामा ३ सय ७७, कपिलवस्तु नगरपालिकामा ३ सय ७४, मायादेवी गाउँपालिकामा ३ सय ५, महाराजगञ्ज नगरपालिका ३ सय ४६, र सुद्धोदन गाउँपालिकामा ३ सय ४४, विजयनगर गाउँपालिकामा ३ सय ३९, वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकामा २ सय ५९ र२ सय ५९ जनाले, बुद्धभूमिमा २ सय ६५ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयका प्रमुख ज्ञानुरा पन्थीले बताए । उता विभिन्न पदमा ३ सय ७३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यस्तै एमालेले विभिन्न पदमा ४ सय ९७, कांग्रेसले ४ सय ९४, माओवादी केन्द्रले ३ सय ३, जनता समाजवादी पार्टीले ३ सय ४, राप्रपाले ३ सय १ लोकतान्त्रिक समाजवादी पाटीले २ सय ९३, जनमत पार्टीले २ सय ३५ नेकपा एकीकृत समाजवादी पार्टीले १ सय ७१ जना उम्मेदवार खडा गरेको छ। जिल्लामा २७ वटा दल दर्ता भए पनि २४ वटा दलले मात्र उम्मेदवार खडा गरेका छन् ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६