नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगाको भलवाडमा थालनी गरिएको औद्योगिक क्षेत्रलाई नमूना ग्रामको रुपमा विकास गर्ने बताउनु भएको छ ।
मेयरका उम्मेद्वार अर्यालले बाणगंगा नगरको वडा नं. ९ भलवाडका बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
अर्यालले आफुहरु निर्वाचित हुनुभन्दा भलवाडका कुनै पनि सडक कालोपत्रे नभएको अवस्थामा अहिले मुख्य सडक कालोपत्रे भईसकेको र अब सहायक सडकहरु पनि कालोपत्रे गर्ने बताउनुभयो ।
उहाँले कपिलधामको ब्यवस्थित विकास गर्दै वडाका अधुरा भौतिक पूर्वाधारका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
उहाँले हिउदे सिंचाई प्रणालि स्थापना गरि तरकारी फलफुल र तेलहन पकेट क्षेत्र बनाउँदै बजारीकरणमा सघाईने, एक घर एक धारा मिलाउन थप आयोजनाहरु संचालन गर्ने, जमिन मुनिको पानी (ग्राउण्ड वाटर) संरक्षणका लागि विशेष कार्यक्रम लागु गर्ने, नदी खोला, घोला, र राजकुलोका कारण हुने कटान रोक्ने प्रभावकारी विधि अपनाउने जस्ता प्रतिवद्धता समेत व्यक्त गर्र्नुभएको छ ।
मतदाता भेटघाटका क्रममा मेयरका उम्मेद्वार अर्यालले नगरभित्रका सामुदायिक वनलाई नगरले दिने सुविधा र उनीहरुले स्थानीय विकासको लागि गर्ने योगदानको लेखाजोखा गर्न एक विज्ञ कार्यदल गठन गर्ने, पुरातात्विक सम्पदाको जिओग्राफिक सर्वे र उत्खनन्को ब्यबस्था मिलाउने, खेल मैदानहरुलाई स्तरउन्नती गर्दै नगरलाई खेलकुद हवका रुपमा विकास गर्ने, नगरभित्र समग्र खेलकुद विकासका लागि निति बनाई खेलकुद विकास समिति गठन गर्ने र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने आश्वासन दिनुभयो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले भलवाड पर्यटकिय सम्पदाको हिसावले निकै धनी रहेको चर्चा गर्दै स्थानिय सम्पदालाई आर्यआर्जनसंग जोडेर कार्य सम्पादन गर्ने बताउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. ९ का अध्यक्षका प्रत्यासी कमल पौडेलले भलवाडमा प्राविधिक शिक्षा आवश्यक रहेको चर्चा गर्दै आफुले त्यसका लागि आवश्यक प्रयत्न गर्ने बताउनु भयो ।
संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जंजिर प्रसाद थारु, धुव्र बेल्बासे, बाबुराम रायमाझी वडा सदस्यका उम्मेद्वार केशरा गुरुङ्ग, भिम बहादुर पुन, नुमलाल चौधरी, बसन्ती गायन लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. ९ को निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
यस्तै विभिन्न वडाको घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरे, केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारी, निर्वाचन परिचालन कमिटि बाणगंगाका संयोजक बिश्राम प्रसाद थारु, जिल्ला सचिवालय सदस्य भेषराज पाण्डे, बाणगंगा नगर ईन्चार्ज शंकर पाण्डे, नगर कमिटिका कार्यवाहक अध्यक्ष मुक्त बहादुर कार्की, उप सचिव चेतनारायण भण्डारीको उपस्थिती रहेको थियो ।
यस्तै बाणगंगाका सम्पुर्ण वडाहरुले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । मतदाताहरुका जिज्ञासा मेटाउदै सुर्य चिन्हमा मतदान गर्न उम्मेद्वारहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया