प्रदेश

वडावासिका स–साना समस्या समाधान गर्ने छुः अध्यक्ष पदका उम्मेद्वार पौडेल




हरि घिमिरे, १९ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.८ मा चार दलिय गठबन्धनले मतदाता भेटघाट, प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई गठबन्धनले तिब्रता दिइएको हो ।
गठबन्धनको तर्फबाट माओवादि केन्द्रका वडा अध्यक्षका उम्मेद्वार हुमनाथ पौडेलले घरदैलोका क्रममा वडाका जनताका सा–सना समस्या औल्याएको बताउनु भएको छ । मतदाता भेटघाटका लागि जनताका घरमा पुग्नु भएका पौडेलले वडा वासिका स–सना समस्या समाधान गर्ने प्रतिबद्धता जनतासामु राख्नु भएको छ । उहाँले कुनै लोभ लालचमा नपरि सच्चार र्कमठ चार दलिय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन वडा वासि समंक्ष आग्रह गर्नु भयो । मतदाता भेटघाटमा महिला सदस्यमा सिर्जना गैरे, दलित महिला सदस्यमा अनुराधा परियार र खुल्ला सदस्यहरुमा कमल वेल्वासे र शिव खासु मगर गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् । निर्वाचन परिचालन कमिटि वडा ८ का संयोजक टोप नारायण वेल्लासे हामि जित्छौ भन्ने विश्वासका साथ घर दौलोलाई तिव्रता दिएको बताउनु भयो । मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्या नारायण भुसाल, सरोज खनाल, यमा वञ्जाडे, जनि बञ्जाडे, युवा नेता कपिल पौडेल लगाएतका नेता तथा कार्यक्रताको बाक्लो उपस्थितीमा प्रचार प्रशार भईरहेको बताईएको छ ।
विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गरेका र दशकौ देखि राजनितिमा होमिनुभएका युवा लोकप्रिय नेता हुमनाथ पौडेललाई वडाध्यक्ष पदको उम्मेद्वार बनाएसंगै वडावासी तथा युवावर्ग संक्षम नेतृत्व आउन सक्ने आस देखिएको छ । चार दलिय गठबन्धनले कक्षा १२ सम्म निःशुल्क शिक्षा, वडैपिच्छे १५ शैयाको स्वास्थ्य केन्द्र लगाएतका विषयलाई मुख्य योजनामा राखेको छ । गठबन्धनले शुुसासन–जनमुखी र पारदर्शी प्रशासन, शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि, पर्यटन, ढल तथा फोहोरमैला व्यवस्थापन, औधोगिकीकरण, भौतिक पूर्वाधार तथा विशेष योजना समेटेर नगर विकास परियोजनाको घोषणापत्र बनाएको हो । गठबन्धनले नगर प्रमुखमा माओवादीका देवराज अर्याल र उपप्रमुखमा नेकपा (एस)का कमल भट्टराईलाई उम्मेदवार बनाएको छ । यसैगरी ११ वटै वडामा सबै ४ वटै दलबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार रहेका छन् । वाणगंगाका सबै वडाहरुमा प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ भने संयुक्त घरदैलो अभियान पनि जारी राखिएको जनाइएको छ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६