प्रदेश

‘ब्यवस्था वदल्यौं’ वडावासिको अवस्था बदल्नु छः वडा अध्यक्ष पदका उम्मेद्वार झेडी




कपिलवस्तु, १९ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.३ मा चार दलिय गठबन्धनले मतदाता भेटघाट, प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई गठबन्धनले तिब्रता दिइएको हो ।
गठबन्धनको तर्फबाट माओवादि केन्द्रका वडा अध्यक्षका उम्मेद्वार टेक बहादुर झँेडी मगरले घरदैलोका क्रममा वडाका जनताका कृषि, शिक्षा, स्वास्थ्य, सिञ्चाई लगाएतका समस्या रहेको बताउनु भएको छ । मतदाता भेटघाटका लागि जनताका घरमा पुग्नु भएका झेडि मगरल वडावासिका सबै खाले समस्या समाधान गर्ने आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाँले कुनै लोभ लालचमा नपरि सच्चा र र्कमठ चार दलिय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन वडा वासि समंक्ष आग्रह गर्नु भयो । मतदाता भेटघाटमा महिला सदस्यका उम्मेद्वार अन्जु चौधरी, दलित महिला सदस्यमा सुन्तली परियार र खुल्ला सदस्यहरुमा सन्तलाल चौधरी र कनैंयालाल चौधरी गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् । भोट माग्न मतदाता संग पुगेका उनीहरुले ‘ब्यवस्था वदल्यौं’ वडावासिको अवस्था बदल्न आफुहरुको उम्मेद्वारि रहेकाले सम्पुर्ण वडावासिले मतदान गरेर विजयी बनाउन आपिल समेत गरेका छन् ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६