स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं २ ले वडाको विकासका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको तर्फबाट बाणगंगा २ को वडाध्यक्षका पदका उम्मेद्वार बिष्णु प्रसाद पौडेलले वडाको शिक्षा, कृषि, भौतिक विकास, रोजगार लगायत वडाको समग्र विकासको खाका प्रस्तुत गर्नुभयो । प्रतिवद्धता पत्रमा कृषिमा आधुनिकिकरणका लागि कृषि स्मार्ट परियोजना लागु, कृषि प्राविधिक परामर्श कक्ष, बिउपल, मलखाद, कृषि उपकरण एवं सिंचाईका लागि डिप बोरिङ्ग ब्यबस्थापनका लागि बजेट छुट्याउने, स्वरोजगार पशुपक्षीं पालनकर्ताका लागि आवश्यक परामर्श एवम् फोहोर ब्यबस्थापन र पशुपक्षीं खरिदमा अनुदान रकम छुट्याईने उल्लेख छ ।
छाडा पशुचौपायाको ब्यबस्थापन यथाशिघ्र गरिने, समय समयमा योग शिविर संचालन गर्ने, प्रत्यके ६ महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, पिपरा अस्पतालको स्तरउन्नती, वडावासीका लागि एम्बुलेन्सको ब्यबस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । शिक्षा तर्फ वडाका विद्यालयहरुमा भौतिक विकाससंगै आवश्यकताको आधारमा अनुदानका लागि बजेटको ब्यबस्था गर्ने, वडाका गरिव, विपन्न, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको ब्यबस्था गर्ने, प्राविधिक तथा व्यवसायीक शिक्षाका लागि विशेष पहल गर्ने लगायत प्रतिवद्धता पत्रमा उल्लेख गरिएको वडाध्यक्ष पदका उम्मेद्वार पौडेलले बताउनुभयो ।
सीप विकास तर्फ युवाहरुलाई स्वरोजगार बनाउन वायरीङ्ग, प्लम्बिङ्ग, कम्प्युटर, ईलेक्ट्रोनिक्स सम्बन्धी निशुल्क तालिम प्रदान गर्ने, वडाका प्राकृतिक, स्रोत, पर्यटकीय तथा धार्मिक स्थलको प्रवद्र्धन गर्नेमा जोड दिईएको छ ।
त्यस्तै वडावासीको शान, स्मार्ट वडा हाम्रो पहिचान, अभियानलाई साकार पार्न वाईफाई जोन, कबर्ड हल, पिकनिक स्पट, उद्यान, वाचनालय, ध्यान योग कक्ष, सार्वजनिक शौचालय, कृषि तथा पशुपालन, शुद्ध पिउने पानीको व्यवस्था जस्ता गुरुयोजना लागु गरिएको छ ।
प्रतिक्रिया