प्रदेश

को बन्ला बुद्धभूमी नगरपालिकाको मेयर ? कांग्रेसका श्रेष्ठ र एमालेका खनाल बिच प्रतिस्पर्धा




कपिलवस्तु, २० बैशाख
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुद्धभूमी नगरपालिकाका निबर्तमान मेयर केशव कुमार श्रेष्ठले झिनो अन्तरले एमालेका रुपेश श्रेष्ठलाई हराउदै मेयरको जाच पहिरिएका थिए । जम्मा १ सय ३७ मतअन्तरले जितेका श्रेष्ठ अहिले फेरी अधुरो काम पुरा गर्न भन्दै कांग्रेसबाट मेयरमा चुनावमा लडेका छन । १० वडा मध्ये उप मेयर सहीत बहुमत वडा सदस्य सहीत ५ बर्ष मेयर चलाएका श्रेष्ठ यस पटक पनि आफुले चुनाव जित्ने दाबी गर्छन । उता जनता माझ लोकप्रिय रहेको रुपेश श्रेष्ठ भने यस पटक एमालेबाट टिकट पाएनन । यस पटक एमालेबाट मेयरमा पिताम्बर खनालले टिकट पाएका छन । नगरपालिकामा काम गर्दा श्रेष्ठले खनालसंग गहन छलफल गरेर काम गर्थे । दुबैलाई एक अर्काको आनीबानी, काम गर्ने तौर तरिका थाहा छ । ४ दशक भन्दा बढि समय पार्टीमा काम गरको पार्टीका सचिवालय सदस्य समेत रहेका खनालले यस पटक बुद्धभुभमीमा एमाले मेयरको झन्डा गाडने बताउछन । कांग्रेस र एमाले दुबै तर्फ पाटीमा आन्तरिक द्धन्द्ध र बिभिन्न वडाहरुमा बागी उम्मेदवार समेत उठेकोका छन । जसले गर्दा बुद्धभुमी नगरपालिकामा कांग्रेस र एमाले बिच कडा प्रतिस्पर्धा हुने त्यहाका मतदाता बताउछन । यहा सत्ता साझेदार दल बिच गठबन्धन गरेर चुनाव लडने भन्दै धेरै पटक बैठक र छलफल भए पछि समझादरी नहुदा गठबन्धन हुन सकेन । माओबादी केन्द्रले मागे अनुसारका पद कांग्रेसले दिन अस्विकार गरे पछि गठबन्धन हुन नसकेको हो । कांग्रेस र माओबादी बिच गठबन्धन भएको भए कांग्रेसको जीत सुनिश्चित जस्तै थियो । तर अहिले कांंग्रेस माओबादी जनता समाजबादी पार्टी नेपाल, राप्रपा लगायत १४ जना मेयरमा उम्मेदवार बने पछि त्यहा कस्ले बाजी मार्ला भन्न नसकिने अवस्था छ । २०७४ सालमा माओबादीले त्यहा १५ सय ६३ र तत्कालीन मधेसी जन अधिकार फोरमले १७ सय ८२ मत ल्याएको थियो । यस पटक फेरी माओबादी केन्द्रबाट कमला भुसाल, जनता समाजबादी पार्टीबाट शिवलाल यादव समेत उम्मेदवार बनेर चुनावी अभियानलाई तीब्रता दिएका छन । बुद्धभूमी नगरपालिका वडा नम्बर २ निवासी तथा पत्रकार महासंघ कपिलवस्तुका सचिव जानु पाण्डेयले कांग्रेस एमाले बिच बुद्धभूमी नगरपालिकामा कडा टक्कर रहेको छ । मेयरमा १४ जनाले उम्मेदवार दिएका छन, कांग्रेस र एमाले दुर्बै दलमा आन्तरिक रुपमा बिवाद रहेकोले कसले चुनाव जित्छ अहिले भन्न नसिकने अवस्था रहको उनले बताए । सांसद बृजेश कुमार गुप्ता एमालेमा प्रबेश गरे पछि धनकौली र महुवामा एमालेको मत बढेको पाण्डेय बताउछन । उत्तरका ईमिलिया, जयनगर, लगायतका गाउ र वडामा एमाले बलियो छ । दक्षिण तर्फको मत आए एमालेले जित्छ । तर माओबादीको समते नगरपालिमा दुई हजार देखि दुई हजार पाच सय सम्म मत रहेको माओबादी नेताहरु बताउछन । यस्तै जनता समाजबादी पार्टीको समेत १५ सयको हारहारीमा मत रहेको आकलन गरिएको छ । कांग्रेसबाट पुनःदोहरिएर उम्मेदवार बनेका श्रेष्ठ निर्वाचनमा रणनीति बनाउन माहिर रहेकोले पनि चुनाव श्रेष्ठले जित्ने सक्ने मतदाताहरु बताउछन । श्रेष्ठले आफनो ५ बर्ष कार्यकालमा नगरपालिकामा विकास निर्माणेको खाका तयार गरी भौतिक र सामाजिक विकासमा राम्रो काम गरलेले मतदाताहरुले उनलाई फेरी पनि मत दिन सक्ने देखिएको छ । २०७४ सालमा मधेसी जन अधिकार फोरमबाट लडेका तथा तत्कालीन धनकौली गाबिसका अध्यक्ष समेत रहेको केदार चौधरी अहिले कांग्रेसमा प्रबेश गरकोले केही भए पनि कांग्रेसलाई फाइदा पुग्नेछ । एमाले र कांग्रेस दुबै पार्टीमा वडा देखि नगर सम्म बिद्रोही र बागी उम्मेदवार उठेकाले त्यसले पनि दुबै पार्टीलाई असर गर्ने मतदाताहरु बताउछन ।

टिकट बितरणमा एकलौटी गरको भन्दै कांग्रेसका दुई दर्जन बढीले दिए सामुहिक राजीनामा

उता कांग्रेसका नेताहरुले टिकट बितरण्मा एकलौटी गरेको भन्दै कांग्रेस जिल्ला स्तरीय नेता अनिल घिमिरले पार्टी परित्याग गरेका छन । उनले २०५६ साल आफुहरुले स्वतन्त्र उम्मेदवारलाई असहयोग गरी पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउदोका फल अहिले सम्म भोग्न बाध्य भएको घिमिरेले बताए । २०५९ सालमा आफनो बुवा बालकृष्ण घिमिरको माओबादीले कांग्रेस भएकै नाताले निर्मत हत्या गरेको उनले बताए । त्यस यता पनि आफुहरु निरन्तर पार्टीका सकृय भई लागे पनि पार्टीले मुल्यांकन नगरेको उनले गनुसो गरे । ‘ नगरपालिकाको वडा नम्बर १ को वडा सदस्य पनि पार्टीको अगुवा नेताहरुले दिएनन, २०७४ सालमा पनि हामीलाई टिकटबाट बंचित गराइयो ’ उनले भने ‘ पार्टीका अग्रज नेताहरुले हामीले पाटीमा गरको कुनै मुल्यांकन गरिएन ’ । यस पटक पनि आफुहरुलाई कुनै स्थान नदिइएको उनले बताए । यहा सम्म कि वडा सदस्यको समेत टिकट नदिइएको र एकलोटी ढंगले आफना मान्छेलाई बारम्बार अवसर दिएको उनी बताउछन । आफुहरुले कांग्रेस परित्याग गरी बिपि कांग्रेसमा प्रबेश गरी चुनाव लडेको बताए । बिपि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका घिमिरेले आफुलहरुले आफनो आत्मसम्मान बचाउन उम्मेदवारी दिएको बताए । कांग्रेस जिल्ला नेतृत्व प्रति असंतुष्टी ब्यक्त गर्दै कांग्रेस नेतातहरु बिरेन्द्र मिश्रा पदम प्रसास खनाल लगायतले पनि घिमिरको साथ दिएका छन । बिपि कांग्रेसमा प्रबेश गरी मेयर उप मेयर बिभिन्न वडाहरुमा समेत उनीहरुले उम्मेदवारी दिएका छन । उनीहरुलको उम्मेदवारीले कांग्रेसलाई असर पर्ने मतदाताहरु बताउछन । त्यति मात्र होईन टिकट बितरण प्रति असंतुष्टी जनाउदै नगरपालिका वडा नम्बर ८ मा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाललकी श्रमितिले समेत वडाध्यमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन । वडा नम्बर १, वडा नम्बर ४, वडा नम्बर १० मा समेत बागी उम्मेदवार बनेका छन ।

एमालेमा पनि तीब्र असंतुष्टी
गत निर्वाचनमा झिनो मतले हारेका रुपेश श्रेष्ठले यसपाली टिकट पाउन चर्चा चलेका थियो । तर उनले टिकट नपाई पिताम्बर खनालले टिक पाए पछि रुपेश श्रेष्ठ भित्र भित्रै रुष्ट बनेका छन । यस्तै वडा नम्बर १० मा एमालले कल्लु मुसलमानलाई टिकट दिए पछि शिवचरणले पाटीृे छाडेका छन । यस्तै वडा नम्बर ९ मा खेतुलाल पौडले बागी उम्मेदवार उठेका छन । अघिल्लो चुनावा वडा नम्बर १ मा थारै मतले हारेका गोबिन्द पन्थीले टिकट नपाए पछि बिपि कांग्रसमा साथ दिएका छन । वडा नम्बर ८ मा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका ओमप्रकाश तिवारीको मृत्यु भए पछि त्यहा अर्को उम्मेदवार उठाउने बिषयमा बिवाद बढेको एमाले नेताहरु बताउछन । उता वडा नम्बर ५ मा रोम बहादुर थापाले वडाध्यक्षको टीकट पाए पछि खोप बहादुर थापाले पार्टी छाडेका छन । कांग्रेस र एमाले दुबै पार्टीमा आन्तरिक किचलो र असंतुष्टी रहेकोले कसले मेयरमा बाजी मार्छ त्यो भने भन्न नसकिने अवस्था छ । नगरपालिकामा कांग्रेस र एमाले बिच कडा टक्कर हुने मतदाताहरु बताउछन । उता कांग्रेसका मेयरका उम्मेदवार तथा पार्टीका क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष श्रेष्ठले २०७४ सालको निर्वाचनमा पार्टीलाई ती समुहले असहयोग नै गरेको बताए । पार्टीको अनुशासनमा नबस्ने, पार्टीलाई असहयोग गर्ने गरेको र उनीहरु आफै पार्टी छाडेर गएको उनले बताए । नेता श्रेष्ठले यस पटक पनि कांग्रेसले नगरपालिकामा जति दर्ज गर्ने बताए । उनले आफुले मेरमा जितेर अधुरा कामहरु पुरा गर्ने बताए । उता एमाले नेता पिताम्बर खनालले पनि आफनो पार्टीमा कुनै असंतुष्टी नभएको दाबी गरे। झिना मसिना बाहेक आफनो पार्टीमा कुनै बिवाद नभएको र यस पटक एमालेले जित्ने दाबी गरे । उनले आफुले चुनाव जितेर नगरलाई फुसको छानोमुक्त बनाउने र तत्कालै अस्पताल निर्माणको काम अघि बढाउने बताए । ४५ हजार ३४१ मतदाता रहेको बुद्धुभुमी नगरपालिकामामा १४ जना मेयरमा उम्मेदवारी दिएका छन ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६