कपिलवस्तु, २० बैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनकालागि कपिलवस्तुमा ४ लाख मतपत्र सोमवार बिहान आई पुगेको छ । मतपत्रसंगै नया थपिएका मतदाताहरुको ६१ हजार बढी मतदाता परिचय पत्र समते आएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थी अनुसार सोमवार बिहान निर्वाचन आयोगले पठाएको ४ लाख मतपत्र र ६१ हजार बढी नया परिचय पत्र आई पुगेको हो । निर्वाचनमा प्रयोग हुने अन्य सामाग्रीहरु मतदाता नामावली, स्वस्तिक चिन्ह्, स्टेम्प प्याड लागतयका सामाग्रीहरु यस अघि नै आई सकेको छ । उता जिल्ला निर्वाचन काार्यलय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १० वटै पालिकामा खुलेको निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारीलाइृ तीब्रता दिएका छन । दल तथा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी उनीहरुलाई निर्वाचन चिन्ह समते प्रदान गरी सकिएका ेछ । बुद्धभुमी नगरपालिका वडा नम्बर ८ मा एमालेका वडाध्यक्षका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएकाले त्यसको सट्टा अर्को उम्मेदवारको मनोनयत्र पत्र दर्ता गर्न बैशाख २० गते सम्मकालागि सयम सिमा दिइएको छ । प्रमुख निर्वाचन अधिकारी तजेन्द्र प्रासद शर्माले निर्वाचनलाई स्वचच्छ, मर्यादीत र भयरहीत बनाउन आफुहरुले तयारी गरेको बताए । उनले निर्वाचन आचारसंहीता पालना गर्न दल तथा सबै उम्मेदवारहरुलाई आग्रह गरे । निर्वाचनको तयारीकालागि हिडेको अनुमगन टोलीले आईतावार क्षेत्र नम्म्बर ३ मा अनुमगनकाक्रममा आचारसंहीता बिपरित राखिएका झनडा, ब्यानर फ्ल्याक्सहरु हाटइएको प्रमुख निर्वाचन अधिकारी शर्माले बताए । कपिलवस्तुमा ५ सय पदकालागि १० पालिकाबाट ३ हजार ५५२ उम्मेदवार बनेका छन । जिल्लामा कुल ३ लाख ७३ हजार एक सय मतदाता छन । १० पालिकामा कुल २ सय ३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन । निर्वाचनमा ३७ सय कर्मचारी र ४ हजार बढी सरक्षकर्मी परिचालन गरिने बताइएको छ ।
२० बैशाख २०७९, मंगलबार
प्रतिक्रिया