प्रदेश

बाणगंगाका ११ वटै वडामा चार दलीय गठबन्धनद्धारा चुनावी गतिविधिलाई तिव्रता



कपिलवस्तु, २० वैशाख ।

कपिलवस्तुको बाणगंगाका ११ वटै वडामा चार दलीय गठबन्धनले चुनावी गतिविधिलाई तिव्रता दिएको जनाएको छ । दैनिक जसो गठबन्धनका मेयर र उपमेयर सहित वडाका उम्मेद्धारहरुले जनताका घर घरमा पुगेर भेटघाट र आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन ।

अहिले गठबन्धनका उम्मेद्धारलाई जिताउन नगरका सबै वडमा प्रचारप्रसार र घरदैलो अभियान भइरहेको नेकपा एकिकृत समाजवादीका नेता दिपक अनुरागीले जानकारी दिएका छन् ।

कपिलवस्तुको बाणगंगामा गठबन्धनले माओवादी केन्द्रका देवराज अर्याललाई मेयरको उम्मेद्धार बनाएको छ भने नेकपा एकिकृत समाजवादीका कमल भट्टराई उप मेयरको उम्मेद्धारको रुपमा रहेका छन् । अर्याल गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्ह लिएर उम्मेद्धार बनेका हुन भने भट्टराईले कलम चिन्ह लिएका छन् ।

यस्तै बाणगंगाको वडा नम्बर १ देखि ११ सम्म चार दलले भागबण्डा गरी वडा अध्यक्ष सहितको प्यानल बनाएर चुनावी मैदानमा छन् । यता वडा नम्बर ७ र ९ मा भने एमालेबाट अलग भइ स्वतन्त्र उम्मेद्धारी दिएका नेत्र गिरी र कुमार मधु बेल्वासे समेत चार दलीय गठबन्धनको चुनाव चिन्हमा वडा अध्यक्षको उम्मेद्धार बनेका छन् । गिरीले छाता चुनाव चिन्ह लिएका छन भने बेल्वासले गोलाकार भित्रको हसिया हथौडा चिन्मा चुनामा जाने गरी उम्मेद्धारी दिएका हुन । उनीहरु दुबैजनाले प्यानल नै बनाएर दुबै वडामा चुनावी प्रचारको अभियानलाई तिब्र बनाएका छन् । यस्तै वडा नम्बर ४ मा पत्रकार समेत रहेका युवा नेता चन्द्रकान्त न्यौपानेले स्वतन्त्र समुहबाट उम्मेद्धारी दिएका छन् । उनी कलम चुनाव चिन्ह लिएर वडा अध्यक्षको उम्मेद्धार बनेका हुन । उनको समुहले जनताका घर घरमा पुग्दै नागरिकलाई मतदाता शिक्षा समेत प्रदान गरेका छन भने आफ्नो पक्षमा चुनावी महोल सिर्जन गर्न व्यस्त छन् ।

बाणगंगामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बिचमा चुनावी तालमेल भई गठबन्धन बनेको छ । चारै दलका केन्द्रिय सदस्य सहितका नेताहरुको उपस्थितिमा दैनिक जसो बाणगंगाका सबै वडामा चुनावी प्रचार अभियानलाई तिव्रता दिइएको गठबन्धनका नेताहरुले बताएका छन् । बाणगंगाका अधिकाशं वडामा आफुहरुको राम्रो प्रभाव रहेको समेत उनीहरुको दाबी छ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६