समाचार

निर्वाचन आचारसंहिता पूर्णपालना गर्न सञ्चार माध्यमलाई प्रमुख आयुक्तको आग्रह



काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई पुनः आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरुको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घले आज काठमाण्डौमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै चुनावलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरु निर्वाचन आचारसंहिता विपरीतका भए त्यसले आम मतदाताहरुमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराउनु भयो ।

निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिबद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशङ्का गर्ने ठाउँ नै नरहेको तर्कसमेत गर्नु भयो ।

कार्यक्रममा सार्वजनिक गरिएको सामुदायिक रेडियो प्रसारक सङ्घको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६