प्रदेश

प्रचारप्रसारका लागि कांग्रेसले आजदेखि २७ गतेसम्म चुनावी सभा गर्दै



काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो ३० गते हुने पालिका चुनावको प्रचारप्रसारका देशका विभिन्न ठाउँमा चुनावी सभा गर्दैछ । सातै प्रदेशमा हुने चुनावी सभालाई सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजदेखि आउँदो २७ गतेसम्म चुनावी सभा हुनेछ । सभाको संयोजन सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । आज मोरङको विराटनगरमा हुने सभामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताले सम्बोधन गर्ने तयारी छ । यसैगरी भोलि चितवनको भरतपुरमा हुने सभामा पनि सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायतले सम्बोधन गर्ने तयारी छ ।

यस्तै, पर्सि काठमाण्डौमा, २४ गते रुपन्देहीको बुटवलमा, तनहुँको दमौलीमा र धनुषाको जनकपुरमा सभा हुुने छ । यस्तै, २५ गते पोखरामा, दाङको तुलसीपुरमा, २६ गते कैलालीको धनगढीमा र २७ गते डडेल्धुरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६