राजनीति

डाेटी : माओवादीका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश



डोटी – डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।

वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसक्नभएका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराउनुभएको हो । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।

माओवादीले सत्ता, सरकार, संविधानको गलत प्रयोग गर्दै आएको र अहिले चुनावमा समेत झुटा आश्वासन बाँडेर नागरिकसँग भोट माग्न थालेकोले पार्टी परित्याग गरेको बलायरले बताउनुभयो ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६