समाचार

रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने ईयूको प्रस्ताव, युद्ध अपराध रोक्न दबाब पुग्ने दाबी



गरेको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध अपराधका संदिग्धहरूलाई प्रतिबन्ध लगाउने सहितका कडा कदम चाल्ने प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ ।

आउँदो ६ महिनाभित्र रुसी कच्चा तेल रोक्ने र चरणबद्ध रूपमा अरू प्रतिबन्धहरू लगाउने उहाँको प्रस्ताव छ । युरोपेली संसदमा सम्बोधन गर्दै अध्यक्ष लेयनले ईयूको कदमले रुसका सबै युद्धअपराधीहरूलाई जवाफदेही बनाउने बताउनुभयो ।

ईयूले रुसी तेल र ग्यासबाट आफूलाई कसरी छुटकारा दिने भन्नेमा हप्तौँदेखि छलफल गरिरहेको छ । ईयूले सन् २०२२ को अन्त्यसम्ममा रुसबाट ग्यास आयात दुई तिहाइले घटाउने वाचा गरिसकेको छ ।

अहिले रुसी तेलमा निर्भर स्लोभाकिया र हङ्गेरीलाई वैकल्पिक आपूर्तिकर्ता खोज्न थप एक वर्ष दिइनेछ । तर हङ्गेरियन सरकारका प्रवक्ताले रुसी ग्यास विस्थापनको योजना वा ग्यारेन्टीहरू नदेखेको बताउनुभएको बीबीसीले जनाएको छ । ईयूको योजना कार्यान्वयन गर्न सदस्य राष्ट्रको स्वीकृति चाहिन्छ । ईयूले यसअघि रुसी बैंकको कारोबारलगायत अरू थुप्रै प्रतिबन्धहरू लगाइसकेको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६