कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ का कांग्रेसका उम्मेदवार सञ्जु कुमार सारुले आफुलाई खुरापाती र भ्रष्टचार गर्न नआउने बताउदै काम गरेरै जनताको मन जित्ने बताएका छन ।
आशन्न बैशाख ३० गतेको चुनावमा आफुलाई वडाबासीले मतदान गरी बिजयी गराउने समेत उनले बिश्वास ब्यक्त गरेका छन ।
सारुले आफु इमान्दार काममा बफादार भएकाले १ रुपैया घुस पनि नलिने र नदिने बताउदै आफुलाई जिताए ५ बर्षको अवधिका वडाको बिकासलाई नेपालमै नमुना बिकासका रुपमा अगाडी लैजाने बताए । वडा नः १ ले घरदैलो तथा प्रचारप्रसार कार्यलाई तिव्रता दिदैँ आएको छ ।
सारुले आफु बिजयी भए सरकारी तलव भत्ता समेत नलिने भनी घोषणा समेत गरी सकेका छन ।








प्रतिक्रिया