प्रदेश

भरतपुरमा गठबन्धनले सजिलै चुनाव जित्छः प्रचण्ड



चितवन, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई भरतपुरमा चुनाव जित्न समस्या नभएको बताएका छन् ।

चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दबी गरे । उनले भने, ‘भरतपुर लगायतका स्थानहरुमा गठबन्धनले चुनाव जित्ने धेरै आधारहरु छन् जुन कारणले पनि चुनाव जित्न कुनै समस्या छ जस्तो लाग्दैन।’

बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको भन्दै फैसला जनताको हातमा रहेको बताए ।

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छिन् । भरतपुरमा हुने सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि भरतपुर आएका छन् ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६