प्रदेश

भरपुरमा रेनु दाहालले ठूलो विकास गरेको देउवाको दाबी



चितवन, २२ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरपुरमा रेनु दाहालले ठूलो विकास गरेको दाबी गर्नुभएको छ ।

चितवनको भरतपुरमा आज बिहीवार भएको संयुक्त आमसभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो पाँच वर्षको काम हेर्दा रेनु दाहाल देशकै एक नम्बर मेयर बन्न सफल भएको बताउनुभयो । पाँच वर्षमा भएको विकासले गर्दा भरतपुरको स्वरूप फेरिएको भन्दै देउवाले रेनु दाहाल एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने दाबी गर्नुभयो ।

‘राम्रो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्, जसले धेरै राम्रा काम गर्ने अठोट लिनुभएको छ, उहाँलाई हराएर देशलाई के सन्देश दिने ?’, देउवाले भन्नुभयो ।

अहिले रेनु दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने उहाँको भनाइ छ । ‘रेनु दाहाललाई कुनै शङ्का नगरि सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर हो उहाँ, धेरै कम मेयर होलान् जसको बेरुजु छैन, हरेक गल्लीमा पिच भएको छ, यहाँको भाउ बढिसक्यो, काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेको विकासले गर्दा भएको हो’, देउवाले भन्नुभयो ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६