राजनीति

कांग्रेसले मेयर नजितेका ठाउँमा पैसा पठाउँदैनौं : आरजु



काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी छन्।उनले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी हुन्।

डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। उनले कांग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गरिन्।
‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं,’ उनले भनिन्, ‘यो कुरा ध्यान दिएर करूवा सरूवा।।। पार्टीलाई भोट नहाल्नुस्।’

कांग्रेस बिपीको चुनाव चिन्ह करूवा छ। कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ। मल्ललाई कांग्रेसले कारबाही गरेको थियो। मल्ल पक्षले कांग्रेस बिपीको चिन्ह लिएर एमालेसँग चुनावी तालमेल गरेका छन्।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६