प्रदेश

भरतपुरमा हँसिया हथाैडामा भाेट हालिँदैन भन्नुभयाे भने देश दुर्घटनामा जान सक्छ : प्रचण्ड



चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धनले आज बिहीवार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताउनुभएको हो । 

गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ ।’ तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिबद्धता थियो । उहाँले विसं २०४६ देखि कम्युनिस्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘तपाईँहरूले अहिले पनि यो गठबन्धन देशको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।’ अध्यक्ष प्रचण्डले गठबन्धन देशको आवश्यकता रहेको बताउनुभयो । ‘यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासीले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ ।’

उहाँले यसअघिको चुनावमा सोचेअनुसारको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याउनुभयो । गठबन्धन कम्युनिस्ट पार्टीहरूसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उहाँको भनाइ थियो ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६