नवलपरासी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । उहाँले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनले आज बिहीवार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर पालिका चुनावमा मतदान गर्न आग्रह गर्नुभयो । ‘मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाइएको बताउनुभयो । अघिल्लो पालिका चुनावबाट जनअपेक्षा पूर्ण हुन नसकेको उहाँको भनाइ थियो ।








प्रतिक्रिया