कपिलवस्तु, २२ वैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर पदका उम्मेद्वार रबिराज आचार्यले नगरवासिलाई केन्द्र विन्दु बनाएर विकासका योजना निमार्ण गर्ने बताउनु भएको छ । आचार्यले नयाँ विचार नयाँ सोचका साथ नयाँ उम्मेद्वारका रुपमा आफुहरु आएकाले नगरवासिलाई अगाडि राखेर हिड्न खोजेको बताउनु भएको हो । बाणगंगा नगरपालिका वडा न.८को मधुवनमा भएको कोण सभामा उहाँले यस्तो बताउनु भएको हो । त्यस्तै उहाँले नगरवासिले हाम्रो मेयर भन्ने वातावरण बनाएर जनताले महशुस हुने गरी जनसेवामा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । आचार्यले बाणगंगा नगरपालिकालाई किृषमा उत्पादनमुखि र बजारीकरणलाई व्यवसायीकरण गरी विकासको बाटोमा अगाडी बढाउन प्राथामिकतामा राख्ने पनि बताउनुभयो।
यस्तै उप मेयरकी उम्मेद्धार तारावती चौधरी थारुले नगरपालिका भित्र न्याय सम्पादनको ग्यारेण्टी गर्दै महिला तथा बालवालिका लगाएत लक्षित वर्गका समुदायको उत्थान र विकासमा आफ्नो मुख्य काम रहेने बताउनुभयो । उहाँले यहाँका जनता र जातजातीको भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्न आफु योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।नेपाली कांग्रेसले आज बाणगंगाका ११ वटै वडामा सयौँ नेता तथा कार्यक्रताहरुको सहभागितामा मोटरसाइकल ¥याली गरेको थियो । सो ¥यालीका क्रममा आफ्ना प्रतिबद्धता सहित उम्मेद्धारहरुले ठाउँ ठाउँमा कोणसभामार्फत सम्बोधन गरेका थिए । केही दिन देखी जारी नियमित घरदैलो अभियान अन्र्तगत बाणगंगाका ठाउँ ठाउँमा कांगे्रसबाट नगरका विभिन्न पदमा मनोनयन दिएका उम्मेद्धारहरु सहित नेता तथा कार्यक्रताहरुको उपस्थितिमा कोणसभा भएको नेपाली कांग्रेस प्रचार प्रसार समिति बाणगंगाले जानकारी दिएको छ ।
२२ बैशाख २०७९, बिहिबार
प्रतिक्रिया