प्रदेश

सुस्मिता हत्या भएको दुई वर्ष वितिसक्दा पनि न्याय नपाएपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र



कपिलवस्तुको बाणगंगा ८ की सुस्मिता थापाको हत्याकाण्डमा मइति पक्षले आफुहरु अन्यायमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ सुर्यचोक घर भएकी थापाको माइत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा हो । उनका पाइति पक्षले घटनाको दुई वर्ष वितिसक्दा समेत न्याय नपाएको गुनासो सहित बुधबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पुगि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन ।
२६ बर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आदेश दिएको भए पनि पिडिप पक्षले अदालती कार्वाहीको काम कपिलवस्तु मै गराउन माग गरेका छन् ।
न्यायाधीश सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ बर्षीय प्रकाश थापा, सासु ५० बर्षीया तुलसा कुमारी थापा र नन्दहरु २३ बर्षीया सीता थापा २७ वर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो । उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न भनिएको भए पनि घटना घटेको लामो समय भई सक्दा आफुहरुले उचित न्याय नपाएको भन्दै माइतिपक्षका तर्फबाट ज्ञापनपत्र पठाइएको छ ।
पिडित पक्षका अनुसार अदालतको न्याय प्रक्रियालाई आत्मसाथ गर्दै २ वर्ष देखि १ दिनको ३० हजार खर्च गर्दै जिला अदालत हेटौडा मकवानपुर पुगेको जनाएको छ ।
हाल आफुहरुको आर्थिक अवस्थाले अदालती प्रक्रियाका लागि अदालत पुग्ने अवस्था नगरहेको समेत ज्ञापन पत्रमा उल्लेख छ । जाहेर वाला (पिडित पक्ष) ले उक्त मुद्धा हेरी पाइ पर्ने  जिललामा सार्न सक्ने वातावरण  नियम संसोधन गराइयोस भन्ने अपिल सरोकारवाला निकाय  र सरकार सँग अपिल गर्न चाहन्छौँ । यथासिर्घ यसको व्यवस्था मिलाइयोस । कपिलवस्तुको बाणगंगा ८ बस्ने कृष्ण बहादुर के.सीद्धारा जारी ज्ञापनपत्रमा भनिएको छ ।
पिडित पक्षले नेपालको सम्बिधानले ग्यारेण्टी गरेको शुसाशनको विषयमा समेत प्रश्न गरेका छन् । उनीहरुले ज्ञापनपत्र मार्फत नेपालको संविधानले सुशासनको साथ विकासको अवधारणा गरेको छ खोइ सुशासन भन्दै प्रश्न गरेका हुन ।
यता प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाको विषयमा आफुले धेरै पटक सुनेको भए पनि आफै यस घटनाको विषयमा जोडिन पुग्ने नसचेको बताउनुभयो । उहाँले पिडित पक्षले दिएको ज्ञापनपत्रलाई आफुले प्रधानमन्त्रीको कार्यालयमा पठाउने र पिडितले न्याय पाउनुपर्ने विषयमा अनुसन्धानको कामलाई अगाडी बढाउन सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै उहाँले घटनाको अदालती प्रक्रिया पायक पर्ने जिल्लामा सार्ने सन्दर्भमा आफुले कानुनी विषयलाई अध्ययन गर्ने भन्दै न्यायलयको न्यायिक प्रक्रिया अनुसार सोही निकायबाट हुने काम अनुसार त्यसका लागि पनि पहल गर्ने आश्वासन दिनुभयो । त्यस्तै उहाँले आर्थिक जटिलताको विषयमा सरकारी वकिलको कार्यालयका न्याधिस र वकिलहरुसँग परामर्श गर्न पनि पिडित पक्षलाई आग्रह गर्नुभएको छ ।                                                                       

 ज्ञापनपत्र

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६