अन्तर्राष्ट्रिय

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक



श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ । 

गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उहाँलाई पक्राउ गर्न निवेदन दिएका छन् । शान्त प्रदर्शनका क्रममा राजपाक्षे समर्थकले आक्रमण गरेका खबरमा उल्लेख छ । अदालतले यस्तो अवस्थामा राजपाक्षे र उहाँका सहयोगीले देश छाड्न नपाउने आदेश दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । 

श्रीलङ्काका वकिलहरूको एक समूहले पनि राजपाक्षेलाई पक्राउ गर्न माग गरेर प्रहरी मुख्यालयमा उजुरी दिएका छन् । देशमा बढ्दो आर्थिक सङ्कट र प्रदर्शनका कारण महिन्दा राजपाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको छ । तर विरोधीले उहाँको घरमा आक्रमण गर्दै आगजनी गरेपछि उहाँ सेनाको हेलिकप्टरमार्फत भागेर सैन्य शिविरमा बस्नुभएको छ । 

श्रीलङ्का सन् १९७८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयताकै गम्भीर आर्थिक सङ्कटमा फसेको छ । विशेषगरी विदेशी विनिमयको सञ्चिति नहुँदा अत्यावश्यक वस्तुको पनि आयात रोकिएको छ । नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६