जीवनशैली

मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोपमा दुई प्राविधिक पक्राउ



गोरखा । सिरान्चोक गाउँपालिकाले मतदाता प्रभावित पार्ने गरी वडा नम्बर ७ स्थित श्रीनाथकोटमा मौन अवधिमा सडक सर्भे गरेको आरोप छ । बिहीबार गाउँपालिकाका प्राविधिक टोलीले उक्त ठाउँमा सडकको सर्भे गरेको स्थानीय विकास पाण्डेले बताए ।

उनले भने, ‘बिहान गाउँपालिकाका दुई जना प्राविधिक टोली आएर सडक सर्भे गरेका छन् । प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर गएको हो ।’

प्राविधिकहरू शिशिर भट्ट र पारस चन्दलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जौवारीका प्रमुख इन्सपेक्टर प्रकाश पौडेलले जानकारी दिए । प्रहरीले उनीहरूलाई जनकल्याण माविको मतदान केन्द्रमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६