काठमाण्डाै – पालिका चुनाव अन्तर्गत गएरातिसम्म १४ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन्।
मतगणना भैरहेको ठाउँमा कांग्रेसले अग्रता लिएको छ । २६० ठाउँमा कांग्रेसले र १६७ ठाउँमा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ ठाउँमा अग्रता बनाएका छन् ।
एमाले :
मुस्ताङको लोमान्थाङ गाउँपालिका
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र
मनाङको मनाङ ङिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
गुल्मीको रेसुंगा नगरपालिका
डडेलधुराको गन्यापधुरा गाउँपालिका
मनाङको नासोमा गाउँपालिका
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका
माओवादी केन्द्र :
डोल्पाको जगदुल्लाह गाउँपालिका
एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)
प्रतिक्रिया