प्रदेश

वाणगंगाको ताजा (अपडेट) कांग्रेसको अग्रता




कपिलवस्तु, ०१ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको अहिले सम्मको मतगणना सार्वजनिक भएको छ । जसमा बाणगंगा नगरपालिका वडा न. १ को ३५ सय १६ मत गणनामा नेपाली कांग्रेसको रुख चिन्हमा मेयरका लागि १ हजार ७ सय पन्ध्र, उपमेयरका लागि १ हजार ७ सय ८ र वडा अध्यक्षको लागि १ हजार ७ सय ५६ मत प्रप्त भएको थियो । त्यस्तै नेकपा एमालेको सुर्य चिन्हमा मेयरका लागि १ हजार ५ सय २९, उप मेयका लागि १ हजार ५ सय ३८ र वडा अध्यक्षको लागि १ हजार ५ सय १३ मत प्रप्त भएको थियो । जसमा मेयरमा १ सय ८६ले कांग्रेसले अग्रता बनाएको छ । त्यस्तै उपमेयमा १ सय ७३ ले कांग्रेस अगाडि रहेको छ । वडा अध्यक्षमा २ सय ४३ मतान्तरले काग्रेसका वडा अध्यक्षका उम्मेद्वार सञ्जु सारु विजेता भएका छन् ।
यसैविच बाणगंगा नगरपालिका वडा न. ११ को ३४ सय मतगणनामा नेपाली कांग्रेसको रुख चिन्हमा मेयरका लागि १ हजार ४ सय ३२, उपमेयरका लागि १ हजार ६ सय १९ र वडा अध्यक्षको लागि १ हजार ४ सय ८३ मत प्रप्त भएको छ । वडा अध्यक्षका लागि निकटतम प्रतिद्धन्दी नेकपा माओवादिको हसिया हथौडामा १ हजार ९६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेको सुर्य चिन्हमा मेयरका लागि १ हजार १ सय ७७, उप मेयका लागि १ हजार १ सय २३ र वडा अध्यक्षको लागि ८ सय ६६ मत प्रप्त गरेका छन् । जसमा मेयरमा २ सय ५५ मतले कांग्रेसले अग्रता बनाएको छ । त्यस्तै उपमेयमा ४ सय ९६ मतले कांग्रेस अगाडि रहेको छ । वडा अध्यक्षमा ३ सय ९० मतान्तरले काग्रेसका वडा अध्यक्षका उम्मेद्वार नरेद्र चौधरी विजेता भएका छन् । मेयरमा ४ सय ४१ मतले कांग्रेसले अग्रता वनाएको छ । त्यस्तै उपमेयरमा ६ सय ६९ मत अन्तरले कांग्रेस अगाडि रहेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले वडा न. २ को मत गणना भईरहेको आयोगको भनाई छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६