कपिलवस्तु, ०२ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाइका एक खनाल परिवारले सामुदायिक विद्यालयका लागि भुमि दान गरेका छन् । खनाल परिवारले चौरासी पुजको अवसरमा विद्यालयलाई करिब ३० लाख मुल्यको १० धुर जग्गा दान गरेका हुन् । बाणगंगा ७ बनगाई स्थित जनचेतना आधारभूत विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बनगाइ निवासी कृष्ण खनालको परिवारले विद्यालयका लागि मोतिपुर २ ख ७६४ कि.न. को १० धुर जग्गा प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । जग्गाको मुल्य अहिले करिब ३० लाख रुपौया पर्ने अनुमान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनालको बुवा काशिराम खनाल र आमा बसन्ती खनालको ८४ पुजनकोे अवसरमा आइतबार उहाँहरुले जनचेतना आधारभूत विद्यालयको प्राङ्गणमा अवस्थित फरक व्यक्तिको नाममा रहेको मोतिपुर २ ख ७६४ कि.नं. को १० धुर जग्गा खरिद गरि विद्यालयका प्रधानाध्यापक लाई सो जग्गा हस्तान्त्रण गर्नुभएको विद्यालयका शिक्षक देवेन्द्र थापाले जानकारी दिनुभयो ।
आधारभूत तहको सामुदायिक विद्यालय अन्र्तगत बाणगंगा नगपालिमामा फरक पहिचान बनाइरहेको सो विद्यालयको विं.सं. २०५७ सालमा काशिराम खनालका दाजु गिरिराज खनालले शिल्यान्स गर्नुभएको थियो । विद्यालयमा हाल कक्षा बालविकास देखि कक्षा ८ सम्म करिब ३५० बालबालिकाहरु अध्ययनरत छन् ।
अध्यक्ष खनालका वुवाले धार्मिक पुण्य कार्य सङ्गै सामाजिक तथा शैक्षिक पुण्य कार्यमा देखाउनु भएको र यो महानतालाई विद्यालयले सधै स्मरण गरिरहने भन्दै प्रधानाध्यापक शम्भुराम खनालले धन्यवाद प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया