लुम्बिनी, ०२ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री देउवा र समकक्षी मोदीको उपस्थितिमा नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएको हो।
भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् आइसिसीआर, त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनास र आइसिसीआर, काठमाडौँ विश्वविद्यालय र आइसिसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर भएको हो।
प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । यद्यपि उनको यो पहिलो लुम्बिनी भ्रमण हो। उनले प्रधानमन्त्रीको पहिलो कार्यकाल छँदै चारवटा भ्रमण गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन्। मोदी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय सेनाको हेलिकप्टरबाट सिधै लुम्बिनीस्थित हेलिप्याडमा उत्रिएका थिए।
प्रतिक्रिया