प्रदेश

नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने मोदीको भनाई



लुम्बिनी, २ जेठ । लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताएका छन् । उनले नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको बताए ।

सोमबार लुम्बिनीमा आयोजित २५६६औं बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–भारत बीचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताए । दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुशी छ भन्ने मलाई विश्वास छ ।’ उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६