प्रदेश

बर्दियाको ठाकुरबाबा नगरपालिकामा कांग्रेसबाट मेयर र एमालेबाट उपमेयर विजयी



बर्दिया, ०४ जेठ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८ सय १८ मत ल्याउनुभयो ।

उपमेयरमा नेकपा एमालेका विना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याउनुभयो । साभार

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६