प्रदेश

मेटमणि चौधरीका भाइदेखि दिदीसम्म पराजित




दाङ, ०४ जेठ ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीका भाइदेखि दिदीसम्म चुनावमा पराजित भएका छन्। नेकपा माओवादी केन्द्रसँग तालमेल गरेपनि आफ्नै वडा र पालिका उपाध्यक्ष जिताउन मेटमणि असफल भएका छन्।

मेटमणिको गृह पालिका गढवाको वडा नम्बर ७ को अध्यक्षमा उनका भाइ पुरन चौधरी उठेका थिए । एकीकृत समाजवादीबाट आफ्नै वडा अध्यक्षमा उठाएका पुरनले ५०३ मत ल्याएर पराजित भएका छन् । मेटमणिको वडामा अध्यक्षमा काँग्रेसका राहुलदेव चौधरीले ९९१ मत ल्याएर विजयी भएका छन्। मेटमणिले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपनि आफ्नै भाइलाई जिताउन असफल भएका छन् ।

यस्तै मेटमणिले आफ्नै दिदी शान्तिलाई माओवादीसँग तालमेल गरेर एकीकृत समाजवादीबाट उपाध्यक्षमा उठाएका थिए। शान्ति समेत उपाध्यक्षमा पराजित भएकी छन्। अन्तमा काँग्रेसबाट उठेकी शारदा चौधरी विजयी भएकी छन्। शारदाले ५१८१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी सीता चौधरीले ४८३० मत र एकीकृत समाजवादीकी शान्ति चौधरीले ४११२ मत ल्याएर तेस्रो भएकी छन् । साभार

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६