प्रदेश

एमालेले विवेकले काम गर्‍यो ढिलै भए पनि ठिक छः श्रेष्ठ




कपिलवस्तु, ०४ जेठ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन् । एमालेले मंगलबार संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पथ्र्यो,’ श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘ढिलै भएपनि विवेकले काम गर्यो । राम्रो गर्यो ।’

एमालेले यसरी नै आत्मसमीक्षा गरे वाम आन्दोलनको हितमा हुने समेत उनले बताएका छन् । ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६