बुटवल, ०४ जेठ ।
जिल्ला प्रहरी कार्यालय बुटवलले बम बिस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ । गत बैशाख २८ गते बुटवल मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको घटनाको अनुसन्धानको क्रममा मिति ३ जनालाइ पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बुटवल उप महानगरपालिका वडा नं. १३ नयाँ गाउबाट कमरेड नेपाल भन्ने सुरेश खनाल, सैनामैना नगरपालिका वडा नं. १ बाट राज भन्ने फणिन्द्र गरतौला र अशोक भन्ने शुक्र कुमार श्रेष्ठ रहेका छन् ।
उनिहरुलाइ नेकपा माओवादीको पर्चा ४० थान,पम्पेलट ३ रोल, कुकर २ थान, बिजुलिको तार २, मोटरसाईकल ३ थान सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनिहरुलाइ बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको छ ।
बम बिस्फोट २०७९ बैशाख २८ गते राती ८ः१० बजे बुटवल उप- महानगरपालिका वडा नं. ९ मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको थियो ।
प्रतिक्रिया