कपिलवस्तु, ०४ जेठ ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा सुदिप पौडेल बिजयी भएका छन । नगरपालिकाको २५२३ मत बाकी गन्न हुदा पौडेलले २९९७ को अग्रता लिएका छन । पौडेल जसमाबाट मेयर पदमा चुनाव लडेका थिए । यो अवसथामा बाकी गन्न मत सबै अरुले ल्याएपनि पौडेल बिजयी हुनेछन । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी छ ।
कपिललस्तु नगरपालिकाका जसपा नेपालको तर्फबाट उम्मेदवार बनेका सुदीप पौडलको जित सुनिश्तित देखिएको छ। बुधवार साँझ सम्मको तथ्याङ अनुसार उहाँ निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्धार डा. राजेश गुप्ता भन्दा २ हजार ९सय ९७ मत अन्तरले उहाँ अघि हुनुहुन्छ। कपिलवस्तु नगरपालिकाको १२ वडा मध्ये ११ वटाको मतगणना कार्य संपन्न भई सकेको छ। अहिले वडा नम्बर ७ को मतगणना जारी छ।
यो नै कपिलवस्तु नगरपालिकाको मतगणना गर्न बाँकी अन्तिम वडा हो। निर्वाचन अधिकृतको कार्यालय अनुसार कपिलवस्तु नगरपालिकाको मत परिणाम बुधवार साझ सम्म आउने देखिएको छ। पौडलले ११ हजार ३सय ६६ मत प्राप्त गर्नु भएको छ। जसपाका पौडललाई एमालेका राजेश कुमार गुप्ताले पछाईरहनु भएको छ। गुप्ताको जम्मा मत ८ हजार ३ सय ८९ रहेको छ। तर अब भने जसपा कै उमेद्धार पौडेलको जित सुनिश्चित भैसकेको छ। यस्तै कांग्रेस किरण सिंहले ६ हजार ४ सय ७२ मत मात्र पाउनु भएको छ। मेयरमा पौडलको जीत निश्चित देखिए पनि उप मेयरमा एमालेकी तुलसा पाण्डेय गैर र जसपाकी सुनिता गुप्ता बिच कडा टक्कर जारी छ।
गैरेले ८ हजार ९सय ९३ मत पाउनु भएको छ। जसपाकी गुप्ताले ८ हजार ९सय ७६ मत पाउनु भएको छ। वडा नम्बर ७ को मतगणना संपन्न हुदा एमालेकी गैरले अग्रता कायम राखे उहाँले जित्ने संभावना देखिन्छ। तर जसपा उमेद्धारसंग १७ मतले मात्रै अगाडी हुँदा वडा नं. ७को मतगणनामा अझ चासो बढेको छ। कपिलवस्तु नगरपालिकामा कांग्रेसले ५ वटा वडा, एमालेले ४ वटा वडा, जसपाले २ वडाध्यक्षमा जितेका छन।
४ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया