कपिलवस्तु, ०६ जेठ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरिया, माओवादी केन्द्रका जावेद आलम खाँ र एमालेका कुणाल प्रताप शाहलाई पराजित गरेका हुन् । नगरमा निर्वाचित शाह ०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । ४ बर्ष स्वतन्त्र रुपमा नै काम गरेका शाह केहीँ महिना अगाडी कांग्रेस प्रवेश गरेका थिए ।
कांग्रेस प्रवेश गरे पछि मेयरको टिकट पाएका शाह दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।
नगरको उपमेयरमा कांग्रेसकै आरतीदेवी चौधरी निर्वाचित भएकी छिन् । उनले एमालेकी विमलेश मौर्या र जसपाकी आरतीदेवी यादवलाई पराजित गरेकी हुन् ।
अहिले वडा नं. १२ को मतगणना जारी छ । यो वडामा माओवादी केन्द्रका वडाध्यक्षले अग्रता लिएका छन् । अबको केहीँ घण्टामा निर्वाचन कार्यालयले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचित जनप्रतिनिधिको मतान्तर भने अझै सार्वजनिक भएको छैन् ।
प्रतिक्रिया