प्रदेश

६ सय ८५ पालिकाको मत परिणाम सार्वजनिकः कुन दलको कति ?



काठमाण्डौ, ०७ जेठ । अहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९ नगरपालिका र ४ सय ४६ गाउँपालिका गरी ६ सय ८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले मेयर १ सय २० र अध्यक्षमा १ सय ८४ गरी ३ सय ४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२ र उपाध्यक्ष १ सय ८७ गरी २ सय ७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २० गरी १ सय ८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १ सय २१ गरी २ सय ९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी १ सय १७ पालिकामा प्रमुख तथा उपमेयर ३० र उपाध्यक्ष ९३ गरी १ सय २३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

स्वतन्त्र र अरु दल
एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।

प्रकाशित : ७ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६