प्रदेश

हावाहुरीका कारण दाङमा १ करोड रुपैयाँको क्षति



दाङ, ०८ जेठ । दाङको देउखुरीमा पनीसँगै आएको हावाहुरीले ८० वटा भन्दा धेरै घरको छाना उडाएको छ । गएको शुक्रवार राति आएको हावाहुरी र पानीले राप्ती गाउँपालिका वडा नम्बर ३ मा ३२ वटा घरको छानो उडाएको हो । वडा नम्बर ३ मा ४० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभएको छ ।

हावाहुरीसँगै आएको पानीले वडा नम्बर ३ को मसुरीया, नयाँबस्ती, बागढड्डी लगायतका गाउँमा खर, टिन र टायलले छाएको बस्ने घर, गोठ र भान्सा घरको छाना उडाएको छ । त्यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ४ मा ५० वटा भन्दा धेरै घरको छाना उडाउनुका साथै घरभित्र भएका अन्नपात, लत्ताकपडा भिजेर ५५ लाख रुपैयाँ बराबरको क्षति भएको वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभयो ।

वडाध्यक्ष चौधरीका अनुसार वडा नम्बर ४ को मौरीघाट, खिनैटा, मझनीगढ, पैसठ्ठी नम्बर, सुन्दरपुर, पिपरखुटी, नयाँगाउँमा हावाहुरीले क्षति पुर्‍याएको हो । हावाहुरीले राप्ती गाउँपालिका वडा नम्बर ४ पैसठ्ठी नम्बर मौरीघाटकी २९ वर्षीया प्रमिला चौधरी घाइते हुनुभएको छ । नजिकैकै मण्डलीमा काम गरिरहेका बेला हावाहुरीले उडाएको टिनले चौधरीको बायाँ खुट्टाको कुरकुच्चा काटेको छ । गहिरो घाउ भएपछि चौधरीलाई तत्काल लमहीको प्लोरेन्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

घटनाको थप विवरण आउने क्रम जारी छ । शनिवार बिहानैदेखि वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी र वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीको टोलीले आ–आफ्नो वडामा क्षतिको विवरण सङ्कलन गरिरहेका प्रहरीले जनाएको छ । शुक्रवार राति आएको हावाहुरीले पुर्‍याएको क्षतिबारे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थलगत अनुगमन गर्नुभएको छ । क्षति भएका घर परिवारलाई पालिकाको तर्फबाट र नेपाल सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउने बताइएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६